NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

युक्रेनी राष्ट्रपतिले सुरक्षा प्रमुख बर्खास्त गरे

किएभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख र राज्यका केही अभियोजकलाई देशद्रोह र रुससँग साँठगाँठ गरेको आरोपलगायत अन्य धेरै आक्षेप लगाउँदै बर्खास्त गरेका छन् ।

सुरक्षा सेवाका प्रमुख इभान बाकानोभ र रुसी युद्ध अपराधको अभियोग निरुपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इरिना भेनेडिक्टोभालाई बर्खास्त गरेका हुन् ।

उनीहरुले युक्रेनविरुद्ध रुस नियन्त्रित क्षेत्रहरूमा काम गरेका ,आफ्नो भूमिमा रुसी घुसपैठलाई अनदेखा गरेको, राज्यको राष्ट्रिय सुरक्षालाई वेवास्ता गरेकोलगायत आरोप राष्ट्रपति जेलेन्स्कीले लगाएका छन् ।