NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

वीरेन्द्रनगरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना

कर्णाली । कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गरेको छ । सुर्खेतमा आज स्थापित व्यवस्थापन केन्द्रको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका हुन् ।

केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीवासीले विगतको जस्तो स्वास्थ्य समस्या अब भोग्न नपर्ने र उपकरण तथा आवश्यक सामग्री प्रदेश आफँैले व्यवस्थापन गर्ने बताए ।
“कर्णाली प्रदेशले विगतको महामारीको समयमा सामग्री अभाव पूर्तिका लागि केन्द्र तथा लुम्बिनी प्रदेश तोक्नुपर्ने हुन्थ्यो”, उनले भने, “अब हामी त्यो समस्याबाट मुक्त भएका छौँ ।” आवश्यकताअनुसार स्वास्थ्य सामग्री आपूर्तिका लागि आफँै खरिद गर्न सक्ने उनले बताए ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेका प्रहरी तालिम केन्द्र, सङ्घीय प्रहरी इकाइ, दङ्गा नियन्त्रण प्रहरी कार्यालयलगायत अझै पनि बाँकेको नेपालगञ्जबाट सञ्चालन हुँदै आएका छन् । ती संरचना कर्णालीमा ल्याउन पहल भइरहेको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार संरचना निर्माणका लागि जग्गा जुटाउन पहल भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष