NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आज जारी सूचनामा उल्लेख छ ।

साथै, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

‘देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’, सूचनामा भनिएको छ ।