NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मेयर साम्पाङको माग : लोकसेवाको परीक्षा लाइभ हुनुपर्छ

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले लोकसेवा आयोगले लिने परीक्षा र अन्तर्वार्ता प्रत्यक्ष प्रशारण हुनुपर्ने माग गरेका छन् ।

लोकसेवाको परीक्षा विश्वासिलो नलागेको बताउँदै उनले आज सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।

‘लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ ! नत्र विश्वास नहुने देखिन्छ !’, उनले फेसबुकमा लेखेका छन् ।

मेयर साम्पाङ प्रायः हरेक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्ने गर्छन् । यस्ता टिप्पणीको अधिकांश जनताले समर्थन नै गरिरहेको पाइन्छ । यद्यपि, कतिपयले भने यसले उनलाई हलुका बनाएको बताउने गरेका छन् ।