NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

महिला साफ च्याम्पियनसिप एकहप्ता पछि सर्यो

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता एक हप्ता पछि सरेको छ ।

नेपालमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता दक्षिण एकहप्ता पछि सरको एसियाली फुटबल महासंघ (साफ)ले जनाएको छ ।

भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले सहभागी टोलीलाई पत्र लेख्दै जानकारी दिएको हो ।

यस अघि भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका रहेको महिला साफ च्याम्पियनसिप अब भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

प्रतियोगितामा नेपालसँगै भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

लेवान्डोस्की र बार्सिलोनाबीच सम्झौता कहिले ?