NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बोरिङ खन्दा ग्यास निस्किएपछि …

काठमाडौं । काठमाडौंको जोरपाटीमा पानीका लागि पानी निकाल्न बोरिङ खन्दा ग्यास निस्किएको छ ।

जोरपाटीस्थित चामुण्डाको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको प्रहरीले जनाएको छ । दुर्घटना हुन नदिन त्यस क्षेत्रमा प्रहरी र स्थानीयले कसैलाई पनि आगो बाल्न दिएका छैनन् ।

स्थानीय सन्तबहादुर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएपछि तत्कालै बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको बताइएको छ ।

यसअघि पनि उपत्यकाका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष