NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रुसले युक्रेनी भूमि गाभ्ने योजना बनाएको छ : अमेरिका

काठमाडौं (एजेन्सी) । रुसले युक्रेनी भूमि आफ्नो मुलुकमा गाभ्ने योजना बनाइरहेको दाबी अमेरिकाले गरेको छ । क्राइमिया क्षेत्र कब्जामा लिन बनाएको यसअघिको रणनीति प्रयोग गरेर रुसले युक्रेनका थप भूमि नियन्त्रणको प्रयास गरिरहेको उसको भनाइ छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले युक्रेनको भूभाग आफ्नो कब्जामा लिन आधार तयार पारिसकेको दाबी गरे ।

कब्जामा लिइएका क्षेत्र आफ्नो देशमा गाभ्न रुसले सेप्टेम्बरलगत्तै फर्जी जनमत संग्रह गर्ने सम्भावना पनि उनले औंल्याएका छन् ।

यसअघि सन् २०१४ मा भएको जनमत संग्रहमा बहुसंख्यकले रुसमा गाभिने मत जाहेर गरेपछि क्राइमिया रुसमा मिलेको थियो । तथापि, यसलाई रुसका आलोचकले असंवैधानिक बताइरहेका छन् ।

युक्रेनी क्षेत्रहरूमा अवैध रूपमा रुस समर्थक अधिकारीहरू तयार पारिएको आरोप किर्बीले लगाए ।  युक्रेनको भूभाग आफ्नोमा गाभ्ने योजनामुताविक यस्तो कार्य गरिएको किर्बीको तर्क छ ।

संसारलाई कुनै पनि कथित विलय पूर्वनियोजित, गैरकानूनी र अवैध हो भन्ने अवगत गराउन रुसी योजना सार्वजनिक गरिएको किर्बीले बताए । साथै उनले यसबारे अमेरिका र उसका सहयोगी राष्ट्रले द्रुत गतिमा प्रक्रिया जनाउने वचनबद्धता पनि व्यक्त व्यक्त गरे । तर त्यो प्रतिक्रयासम्बन्धमा उनले प्रष्ट ढंगले केही बताएनन् ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि हमला गरेको थियो । त्यसयता उसले युक्रेनलाई निरन्तर आक्रमण गरिरहेको छ । योबीचमा केही क्षेत्र उसले नियन्त्रणमा लिइसकेको छ भने बाँकी नियन्त्रणमा लिन प्रयासरत छ ।

ताजा अपडेट

नेपालवाच विशेष