NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग तीन घण्टापछि सञ्चालन

दमौली । पहिराेले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ ।

आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।

सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाडौं जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् ।

पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला-बेलामा पहिराे खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।