NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राजीनामा दिँदा दुःखी छु : दासानायके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेकाे बताएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दासानायकेले व्यक्तिगत कारणले राजीनामा दिएको बताए । उनले राजीनामा दिनुपरेकोमा आफू दुःखी भएको बताए ।

’मेरो व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । यसमा दुःखी छु,’ उनले भने ।

श्रीलंकन मुलका क्यानेडियन नागरिक दासानायके दोस्रोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । भएको ८ महिनामै उनले राजीनामा दिएका हुन् ।

दासानायकेलाई नेपालका एक सफल क्रिकेट प्रशिक्षकको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् ।

उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा आइसिसी टि–ट्वान्टी विश्वकप खेलेको थियो । हालसम्म यो नै पहिलो र एकमात्र विश्वकप बनेको छ ।

यद्यपि, उनको दोस्रो कार्यकाल भने सफल हुन सकेन । किनकि, नेपालले अहिले खराब प्रदर्शन गरिहेको छ ।

दासानायकेले  आज अकस्मात राजीनामा दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले दिए राजीनामा