NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

आमाबाबु नपाल्नेलाई अब सजाय, छिमेकीले पनि उजुरी दिनसक्ने

काठमाडौं । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को (पहिलो संशोधन) विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो ।

विधेयकले ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार वा आपराधिक घटनामा छिमेकीले पनि उजुरी दिन पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकका धेरै विषय यसअघिको ऐनमा छुटेका कारण यसपटक संशोधन प्रक्रियामा रहेको विधेयकमा ती विषय समेटिएको मन्त्रालयकी ज्येष्ठ नागरिक शाखा प्रमुख सविता अर्यालले जानकारी दिइन् । उनका अनुसार यसअघि बनेको ऐन २०६३ मा ज्येष्ठ नागरिकका मौलिक हकसमेत छुटेका थिए ।

कांग्रेस सांसद मीनबहादुर विश्वकर्माका अनुसार, बाबुआमा नपाल्ने छोराछोरीलाई सजाय हुने प्रावधान पनि समेटिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।