NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

घरेलु वस्तुले गर्नुहोस् छालाको हेरचाह

काठमाडौं । हामी दिनहुँ वा हप्ताको एकपटक छालाको सुन्दरताका लागि पार्लर धाउने गर्छौं । मुख तथा छालामा विभिन्न प्रकारका रासायनिक पदार्थको प्रयोग गरिरहेको हुन्छौं । यस्ता रसायनले हाम्रो छालालाई क्षणिक सुन्दरता दिन्छ तर यसको असर भने विस्तारै हुन्छ ।

यस्तो असरले छालामा विभिन्न दाग, दब्बा, खटिरा, चाया, पोतो, डन्डीफोर आउँछ । यसबाट बच्न हामीले घरेलु तथा प्राकृतिक वस्तुको प्रयोग गर्नुपर्छ, जसले छालालाई स्वस्थ्य राख्नका साथै चमक पनि दिन्छ ।

यस्ता छन् छाला सुन्दर तथा चम्किलो बनाउने केही घरेलु उपायः

छालाको लागि आलुको रस महत्वपूर्ण मानिन्छ । यसले छालालाई चम्किलो बनाउने र रसायनयुक्त सामाग्रीले हुने संक्रमणबाट बचाउँछ । त्यस्तै छालाका लागि चामलको चौलानी तथा ग्रीन टी पनि फाइदाजनक मानिन्छ । यसले छालामा प्राकृतिक सुन्दरता दिन्छ ।

चामलको चौलानी

चामल धोएर आधि घण्टासम्म भिजाउनुहोस र त्यसको चौलानी मुख तथा कपालमा स्प्रे बनाएर लगाउनुहोस्, कपाल तथा छालाका लागि फाइदाजनक हुन्छ ।

डार्क सर्कलका लागि उपयोगी ग्रीन टी

ग्रीन टिको प्रयोगले डार्क सर्कल कम हुन्छ । अक्सर मानिस डार्क सर्कलले चिन्तित हुन्छन् । यसको प्रयोग डार्क सर्कलका साथै छालामा राम्रो मानिन्छ । ग्रीन टिको ब्यागलाई फ्रीजमा राख्नुहोस र चिसो भएपछि १० देखि १५ मिनेटसम्म ब्याग डार्क सर्कल भएको ठाउँमा राख्नुहोस । यसले आँखालाई आराम दिन्छ ।

कागतीको ब्रोक्राबाट बनाउनुहोस् फेस स्क्रब

कागतीको बोक्रामा चिनी तथा सक्खर हालेर यसले मुखमा मसाज गर्नुहोस् र २० मिनेटपछि सफा पानीले मुल धुनुहोस यसले छालामा चमक दिन्छ ।

चुकन्दरको प्याक

चुकन्दर शरीरका लागि फाइदाजनक मानिन्छ । यसले रगतको प्रवाह बढाउनाका साथै रगत शुद्धिकरण गर्न सहयोग गर्छ । जति यसको फाइदा शरीरमा छ त्यति नै छालामा पनि ,यसले छाला तथा ओठमा निखार ल्याउँछ । यसलाई घिउकुमारीसँग मिलाएर पेस्ट बनाउनुहोस् र उक्त बनाएको पेस्ट छाला तथा ओठमा लगाएर १० मिनेट राख्नुहोस् । यसले ओठको कालोपन हटाउँछ र छाला सुन्दर बनाउँछ ।

ताजा अपडेट

नेपालवाच विशेष