NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दाँत सही तरिकाले सफा नगर्दा हुनसक्छ यस्ताे समस्या

काठमाडौं । दाँतले मानिसको सुन्दरतालाई अझ बढी झल्काउँछ । दाँतले मानिसको व्यक्तित्व देखाउँछ । यसको सरसफाई तथा हेरचाह निकै महत्वपूर्ण मानिन्छ । दाँत स्वस्थ नहुँदा व्यक्ति रोगको सिकार हुन्छ । यसले तपाइलाई गम्भिर प्रकारको समस्यासमेत ल्याइदिन्छ । बेलायतको एक सर्वेक्षणमा धेरै मानिसलाई ब्रस गर्ने ठिक तरिका थाहा नभएको पाइएको छ ।

उक्त अनुसन्धानअनुसार १० जनामा एक व्यक्तिले मात्र सहि तरिकाले ब्रस गर्न जानेको पत्ता लागेको छ । मानिसले सहि तरिकाले ब्रस नगर्दा उनीहरुमा डिमेन्सिया हुन सक्छ । यो प्रायः दाँत सड्ने तथा खराब हुन्छ । जसले दाँतमा संक्रमण हुने खतरा रहन्छ ।

दाँत सड्न नदिनका लागि दिनमा कम्तिमा एकपटक ब्रस गर्न जरुरी हुन्छ । मानिसले ओरल हेल्थको हेरचाह नगर्दा उनीहरुमा मुटुको समस्या तथा मधुमेह हुन्छ । धेरै कम माानिसलाई मात्र ओरल हेल्थ मुटुसँग जोडिएको थाहा हुन्छ । दाँत तथा गिजामा समस्या हुने मानिसमा ह्रदय रोग हुने सम्भावना अत्यधिक मात्रामा हुन्छ ।

धेरै मानिसलाई लाग्छ ब्रस गर्नु भनेको दातँको फोहरमात्र फाल्नु हो । तस दाँतबाट ब्याक्टेरिया हटाउनु महत्वपूर्ण हुन्छ । दिनमा दुईपटक ब्रस गर्नका लागि २ मिनेटको समय लगाउन जरुरी हुन्छ । दाँतका साथै गिजाको पनि ब्रस गर्नु पर्छ । यसले ब्याक्टेरियालाई मुखबाट भित्र जानबाट रोक्छ । ब्रस गर्दा दाँतको सबै भागमा ब्रस राम्रोसँग गर्नुपर्छ ।

ब्रस बदल्ने तथा राख्ने सहि तरिका

हरेक व्यक्तिले १ महिनाको अवधिमा ब्रस परिवर्तन गर्नु पर्छ । ब्रस राख्ने भाँडामा चिसो ब्रस राख्दा त्यहाँ ब्याक्टेरियाको संक्रमण हुन सक्छ । त्यसैले ब्रस राख्ने भाँडा हप्तामा एकपटक तातो पानीले सफा गर्नुपर्छ । योसँगै उक्त भाँडा घाम आउने ठाउँमा राख्दा संक्रमणबाट बच्न सकिन्छ ।

जडिबुटीले ब्रस गर्नुको फाइदा

दाँतको सफाइका लागि आयुर्वेदिक जरिबुटी तथा वस्तु राम्रो मानिन्छ । यसमा धेरै प्रकारको गुण हुनाले यसले संक्रमणबाट जोगाउँछ । दाँत सफा गर्नका लागि निम, आँप तथा पिपलको पातको प्रयोग गर्न सकिन्छ । नुन तथा कागतीले पनि दाँतको सफाई गर्न सकिन्छ । यसले तपाइको दाँतलाई सफा मात्र नभएर श्वास गन्हाउने समस्या तथा दाँतको जरासमेत बलियो बनाउँछ ।