NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

माइतीघरमा लाग्यो नारा : पहिचानविना प्रदेश मान्दैनौं

काठमाडौं । प्रदेश नम्बर १ को नाम लिम्बुवान–किरात राख्न माग गर्दै आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

लिम्बुवान-किरात संयुक्त संघर्ष समिति र याक्थुङ लेखक संघको अगुवाइमा भएको प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीले ‘पहिचानविना प्रदेश मान्दैनौं’, ‘सम्पूर्ण पहिचानवादी एक हौं’, ‘प्रदेश १ को नाम लिम्बुवान–किरात घोषणा गर’जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

आजै प्रदेश १ को राजधानी विराटनगरमा पनि प्रदेशको नाम लिम्बुवान–किरात राख्न माग गर्दै प्रदर्शन भएको छ । मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन भएको हो ।

यसैको प्रतिबद्धता जनाउन काठमाडौंमा पनि प्रदर्शन भएको बताइएको छ ।