NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

४३५ जनामा कारोना संक्रमण पुष्टि, ५६ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको १ हजार ६६७ पीसीआर र १ हजार ९०२ जनाको एन्टीजेन परीक्षणका क्रममा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५६ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।

त्यस्तै बिहीबार कसेको पनि मृत्यु भएको छैन। देशभर हाल २ हजार ५३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।