NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमालेमा नेकपाको अनुहार देखिन्छ कि ओलीको ?

काठमाडौं । बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा नेकपाको अनुहार देखिएको दाबी गरे । अनलाइन सम्पादकहरूसँगको कार्यक्रममा पोखरेलले नेकपाको वास्तविक उत्तराधिकारी एमाले भएको दाबी गर्दै उनले ओली नेतृत्वमा मात्र नेकपालाई अगाडि बढाउन सक्ने प्रतिक्रिया दिएका थिए । उनको अभिव्यक्तिसँगै वास्तविक नेकपाका उत्तराधिकारी को हो भन्ने बहस सुरू भएको छ ।

‘प्रचण्डसँग पूर्वमाओवादीमात्र छन् । एकीकृत समाजवादीमा पूर्वएमाले मात्र छन्’, पोखरेलले भने, ‘एमाले एउटा यस्तो पार्टी हो जहाँ नेकपाको वास्तविक अनुहार देखिन्छ । नेकपाको असली उत्तराधिकारी ओली नेतृत्वको एमालेमात्र हो भन्ने कुरा पुष्टी भएको छ ।’

खासमा पोखलेरले एमालेको उत्तराधिकारी रहेको पुष्टि गर्ने आधार सम्बोधनमा प्रस्तुत नगरेपनि उनले पार्टीभित्रका पूर्वमाओवादी समूहलाई लक्षित गरेका हुन् ।

तत्कालीन ओली–प्रचण्ड नेतृत्वको नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला २०७७ फागुन २३ मा नेकपा विघटन भएको थियो । अदालतको आदेशपछि अहिले नेकपा तीनवटा पार्टी बनेका छन् ।

फागुन २८ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय समिति बैठकले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भंग गरेका थिए । माओवादीका २२ जना नेताहरूलाई थप गरी नेकपालाई निरन्तरता दिएको ओलीले सन्देश दिए । अन्ततः यहि बैठक नै एमाले विभाजनको प्रमुख कारण बन्न पुग्यो ।

अहिले एमालेको नेतृत्व केपी ओलीले गरेका छन् ।  माओवादी धारको नेतृत्व प्रचण्डले गरेका छन् । त्यस्तै एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादी पार्टीको नेतृत्व माधव नेपालले गरेका छन् । यी बाहेक वामदेव गौतमको छुट्टै झानो झुण्ड रहेको छ ।

नेकपा विघटनपश्चात् एमाले र माओवादी अलग-अलग हुँदासमेत रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहलगायत नेताहरू एमालेमै रहेका थिए ।

मंसिरको दोस्रो साता चितवनको सिराहमा भएको एमालेको १० औं माहाधिवेशनबाट पूर्वमाओवादीका पदाधिकारीसहित ३५ जना केन्द्रीय समितिमा चयन भएका छन् । यी नै नेताहरूको अनुहार देखाएर महासचिव पोखरेलले एमालेमा नेकपाको वास्तविक अनुहार देखिएको दाबी गरेका हुन् ।

पूर्वमाओवादी देखाएर नेकपाको ब्राण्डिङ गर्दै ओली

सौराह महाधिवेशनपछि ओलीले स्थानीय तह निर्वाचनमा एमालेले ६०-६५ प्रतिशत स्थान जित्ने दाबी गरेका थिए । त्यतिबेला ओलीले निर्वाचन जित्ने प्रमुख आधार माओवादी केन्द्र र सहायक आधार आफैसँग अलगिएर गएका नेकपा एसलाई बनाएको थियो । बाँकी तटस्थ मतदाता आफ्नो एजेण्डामा आकर्षित हुने ओलीको अनुमान थियो ।

ओलीले आफूसँग रहेका पूर्वमाओवादी नेताहरूलाई देखाएर माओवादी कार्यकर्ताहरूलाई रिजाउने र एसका कार्यकर्ताहरूलाई फकाउने नीति लिएका थिए । तटस्थ मातदताको हकमा देश दौडाहमा निस्कदाँ आफू नेतृत्वको सरकारले गरेका राम्रो कामको प्रचार गर्न सकिए एमालेको पक्षमा जनलहर देखिने उनको अनुमान थियो ।

तर वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकासहित महत्वपूर्ण मानिएका लालकिल्लामा शर्मनाक हार व्यहोर्यो । समग्रमा एमालेले ३४ प्रतिशत मत निर्वाचनबाट प्राप्त गरेपनि पार्टी दोस्रो स्थानमा खुम्चियो ।  ओलीले अनुमाग गरेजस्तो न त माओवादी र एसबाट कार्यकर्ता आए न त तटस्थ मतदाता एमालेको एजेण्डामा आकर्षित देखियो ।

यद्यपि ओलीले पार्टी दोस्रो स्थानमा खुम्चिनुको प्रमुख कारण  आममतदाता नभइ पार्टीकै नेताहरू भएको निष्कर्ष निकालेका छन् । उनले माओवादीलाई रिझाउने र एसलाई फकाउने रणनीति साथ सातै प्रदेशमा नेता तथा कार्यकर्ता प्रशिक्षण र अभिमुखिकरण अभियान चलाएको छ । संघीय निर्वाचनमा बहुमत पाउनका लागि एमालेले १६ प्रतिशत मत अपुग हुने निष्कर्ष एमालेले निकालेको छ ।

पछिल्लो सचिवालय बैठकको निर्णय समेटेर असार २६ मा ओलीले जारी गरेको आन्तरिक सर्कुलर अनुसार १६ प्रतिशत मत प्राप्त गर्न भर पर्दो शक्तिसँग सहकार्य गर्ने उनले नीति लिएका छन् । यसका लागि सत्तागठबन्धन नढालेसम्म आफ्नो अभिष्ट पुरा हुन नसक्ने देखेका ओलीले केही समय पर्ख रहेरको रणनीति बनाएका छन् ।

‘एमालेमा जे जिम्मेवारी छ, त्यहि गर्ने हो । अन्य ठाउँमा हस्तक्षेप गर्ने वा जाने भन्ने नै हुँदैन । काम गर्ने तरिका एमालेमा अलि फरक छ । जहाँपनि अध्यक्ष नै पुग्नु हुन्छ, हाम्रो केहि भूमिकै छैन ।’

संघीय निर्वाचनसम्म माओवादी र नेकपा एसबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता आउने ओलीको अनुमान छ । एमालेभित्र पूर्वमाओवादीलाई ब्राण्डिङ गर्न सकिए संघ र प्रदेशको निर्वाचनमा त्यसको प्रत्यक्ष फाइदा आफूलाई हुने उनले देखेका छन् । त्यसका लागि पार्टीभित्रकै पूर्वमाओवादी नेताहरूलाई देखाउँदै एमालेले माओवादीका कार्यकर्ता आफूतिर आकर्षित गर्न देशव्यापी अभियान नै चलाउने भएका छन् ।

साउन २ मा मधेस प्रदेशमा भएको कार्यकर्ता प्रशिक्षणमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ओलीको अनुमानलाई पुष्टि गर्नेगरी एकीकृत समाजवादी र माओवादीबाट ठूलो हिस्सा एमाले प्रवेश गर्न लागेको जिकिर गरे ।

‘संघीय निर्वाचनअघि माओवादी र एकीकृत समाजवादीबाट ठूलो हिस्सा एमाले प्रवेश गर्दैछन् । माधव नेपालको पनि अन्त जाने ठाउँ छैन’, पाण्डेले भने, ‘उनी अन्तिममा एमाले नै प्रवेश गर्नुहुन्छ । माओवादीसँग पनि एमाले प्रवेशको विषयमा कुराकानी भइरहेको छ ।’

पाण्डेको भनाइ जस्तै ओली निकट नेता तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचनअघि माओवादी र एकीकृत समजवादीबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गर्ने दाबी गरे ।

‘वामपन्थीबहरूबीच सहकार्य र एकता गर्नुको विकल्प छैन । माओवादी र एकीकृत समाजवादीका साथीहरू एमाले प्रवेश गर्नुहुनेछ’, गुरुङले भने, ‘माओवादी र नेकपा एसको भविष्य छैन । उनीहरू ढिलोचाँढो गल्ति लियलाइज गरी एमाले आउनुको विकल्प छैन ।’

‘एमालेको स्कुलिङ फरक छ । काम गर्ने तरिका फरक छ । नेताहरूमा जसरी पनि मञ्च पाउनै पर्छ भन्ने खालको छ । नेतृत्वको वरिपरी घुमेपछि हुन्छ भन्ने एमाले धारका नेताहरूको मनोविज्ञानले काम गरेको छ ।

एमाले नेताहरूको अभिव्यक्तिअनुसार आगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउने प्रमुख स्रोत माओवादी नै रहेको देखिन्छ । नेकपा एसलाई फकाउने पुरानै रणनीति कायमै राखेको छ । स्थानीय तहको निर्वाचनपछि गठबन्धनप्रति असन्तुष्ट देखिएका सम्मानीत नेता झलनाथ खनाललाई फकाउन ओलीले विष्णु पौडेललगायतका नेताहरूलाई परिचालन गरेका छन् ।

एमालेका गुमनाम माओवादी नेताहरूको तीव्र असन्तुष्टि

ओलीलाई अप्ठ्यारो परेको बेला पूर्वमाओवादीका बादल, रायमाझी, थापा, भट्ट र साह लगायत नेताहरूले उनलाई बलियो साथ दिएका थिए । ओलीले पनि यी नै नेताहरूलाई प्रयोग गरेर माओवादीका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गराउन चाहेका थिए । सौराह महाधिवेशनबाट ओलीकै जोडबलमा बादल उपाध्यक्ष, रायमाझी र भट्ट सचिवमा चयन भए । मणि र साहलाई स्थायी समिति सदस्यमा नियुक्त गरे ।

३०१ सदस्य केन्द्रीय समितिमा ३५ जनालाई सदस्य बनाए । अहिले पार्टीभित्र ओलीले आफूहरूलाई भूमिका बिहिन बनाइएको भन्दै पूर्वमाओवादी नेताहरूले तीव्र असन्तुष्टि जनाउन थालेका छन् । मधेस प्रदेशको इन्चार्ज नबनाएको भन्दै नेता साह सुरूदेखि नै ओलीसँग असन्तुष्ट छन् । अन्य नेताहरूले पनि पार्टीभित्र उचित भूमिका नपाउँदा मन अमिलो पारेका छन् । एमालेभित्र आफ्नो राजनीतिक भविष्य नदेखिएकोमा निराश देखिएका छन्  ।

‘अहिलेसम्म हामीले जिम्मेवारी पाएका छैनौं । पदाधिकारमा बस्नेले केही जिम्मेवारी पाएपछि अन्यको भूमिकै छैन । एमालेमा काम गर्ने तरिका धेरै केन्द्रीकृत छ । माओवादीमा यस्तो हुने थिएन । जहाँपनि भाषण गर्न पाउँथ्यो’, पूर्वमाओवादीका एक नेताले नेपालवाचसँग भने, ‘एमालेमा जे जिम्मेवारी छ, त्यहि गर्ने हो । अन्य ठाउँमा हस्तक्षेप गर्ने वा जाने भन्ने नै हुँदैन । काम गर्ने तरिका एमालेमा अलि फरक छ । जहाँपनि अध्यक्ष नै पुग्नु हुन्छ, हाम्रो केहि भूमिकै छैन ।’

उनले एमाले सरकारी अफिस जस्तो भएको टिप्पणी गरेका छन् । पार्टीभित्र लामो समयदेखिको निष्क्रियताले राजनीति भविष्यमाथि नै असर पर्नेमा पूर्वमाओवादीहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘एमालेको स्कुलिङ फरक छ । काम गर्ने तरिका फरक छ । नेताहरूमा जसरी पनि मञ्च पाउनै पर्छ भन्ने खालको छ । नेतृत्वको वरिपरी घुमेपछि हुन्छ भन्ने एमाले धारका नेताहरूको मनोविज्ञानले काम गरेको छ । माओवादीमा अर्कै खालको कल्चर थियो । एमालेमा सबै कार्यकर्ता हामी चिन्दैनन् । एमालेमा हामीले ५-७ प्रतिशत मात्र कार्यकर्ता चिन्छौं । माओवादीमा चिया खाजा खाँदा सयौं कार्यकर्ता जम्मा हुन्थ्ये । यहाँ त उहि अविवादन कमरेड भन्ने त हो’, पूर्वमाओवादीका एक नेताले भने ।

एमालेमै रहेका माओवादी धारका नेताहरू नै असन्तुष्टि रहेको अवस्थामा नेताहरूको नेकपा ब्राण्डिङले कत्तिको काम गर्छ त्यो आगामी निर्वाचनले देखाउने नै छ ।