NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अनुदान लिएपछि फार्मबाटै गाई गायब

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५, सुरीमा रहेको मयूर साना किसान सहकारी संस्थाले सरकारी अनुदान लिएर गाईपालन गरे पनि अनुदान लिएपछि गोठबाट गाई नै गायब भएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा कृषि ज्ञान केन्द्र रामेछापमार्फत किबी खेती, दुईवटा बाख्रा फार्म र गाईपालनका लागि ९५ लाख लगानी भएको छ । सहकारीले छुट्टाछुट्टै उपसमूह बनाएर सुरु गरेको काम तिनेमुखमा गाई गोठ बनाएर आर्थिक वर्षको अन्तिममा अनुदान लिने बेला गाई हालेर असोजसम्म पालेर बिक्री गरेका छन् ।

त्यसपछि अहिले गाईगोठ खाली छ ।

७० प्रतिशत अनुदान लिएर सुरु गाईगोठमा असोजसम्म १० वटा गाई थिए । गाई गोठमा काम गर्ने कामदार पनि बाहिरबाटै ल्याए तर अनुदान लिएपछि समूहले गाई बिक्री गरी गोठ खाली गरेको छ । कारोबार दैनिकमा खबर छ ।