NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
महिला युरोकप

जर्मनी सेमिफाइनलमा, आज राति स्विडेन र बेल्जियम भिड्दै

काठमाडौं । छिमेकी देश अष्ट्रियालाई पाखा लगाउँदै जर्मनी महिला युरोपियन च्याम्पियनसिप फुटबल (युरोकप)को सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।

जर्मनीलाई जित दिलाउन लिना मागुल र एलेक्जेन्ड्रा पपले एक एक गोल गरिन् ।

खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई १–० अग्रता दिलाएकी थिइन् भने ९० औं मिनेटमा पपले गोल गर्दै जर्मनीको जित पक्का गरिन् ।

अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

तेस्रो क्वार्टरफाइनल खेल आज राति पौने १ बजे हुँदैछ । जसमा स्विडेन र बेल्जियम आमने–सामने हुँदैछन् ।

स्पेनलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

ताजा अपडेट

नेपालवाच विशेष