NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ-एन्फाले सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारीमा थापा नियुक्त गरेका हुन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यसमेत रहेका थापासँग यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गरेको अनुभव रहेको छ । प्रतियोगिता सेप्टेम्बर ६ देखि १९ सम्म आयोजना हुने जनाइएको छ ।