NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

राजस्थानले ल्यायाे छुट्टै कृषि बजेट

काठमाडौं । नेपालमा सरकारले ल्याउने बजेटप्रति किसान र सरोकारवाला निरन्तर असन्तुष्ट छन् । कृषि र किसानप्रति बजेटले उपेक्षा गर्ने गरेको उनीहरूको एकतमासको भनाइ रहने गरेको छ ।

सरकारले विनियोजन गरेको कृषि बजेटलाई लिएर किसान असन्तुष्ट रहेका बेला छिमेकी देश भारतको राजस्थानमा भने छुट्टै कृषि बजेट ल्याइएको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पहिलो पटक राज्यमा छुट्टै कृषि बजेट प्रस्तुत गरेका हुन्।

जारी कृषि कृषि बजेट ११ मिसनमा विभाजन गरिएको छ । जसमा किसानलाई विभिन्न सुविधा दिने प्रयास गरिएको बिबिसी हिन्दीले लेखेको छ ।