NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सहयोग माग्दै घर-घरमा पुग्यो भालु

काठमाडौं । जिब्रोमा टिनको बट्टा अड्किएपछि रुसको डिक्सन सहरमा एउटा भालु सहयोग माग्न मानिसको घरमा पुग्यो ।

उसले धेरै प्रयासमा पनि आफ्नो जिब्रोमा अड्किएको बट्टा निकाल्न नसकेपछि सहयोगका लागि मानिसको घरघरमा गएका हो ।

सहयोगका लागि भालु पुगेपछि मानिसहरुले बट्टा निकाल्न प्रयास गरे पनि सकेनन् । धेरै प्रयासमा पनि बट्टा निकाल्न नसकेका कारण मानिसले प्रयास गर्न छोड्दिए र अधिकारीलाई सूचना दिए ।

उक्त खबर मस्कोको चिडियाघरसम्म पुग्यो । त्यहाँ चिकित्सकको सहयोगमा बट्टा निकाल्न सुरु गरियो । भालुलाई बेहोस पारेर बट्टा निकालियो ।