NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

श्रीमान्-श्रीमती दुवैका लागि घरमै बनाउनुहोस् फेस प्याक

काठमाडौं । सामान्यरुपमा तपाई आफ्नो जीवनसाथीसँग राम्रो र आकर्षक बन्नका लागि पार्लर जानुहुन्छ । मंहगो रकम खर्च गर्नु हुन्छ । पार्लरभन्दा घरका प्राकृतिक वस्तुले नै अनुहारमा प्राकृतिक सुन्दरता दिन्छ । यसका लागि घरमै सौन्दर्यका लागि केही घरेलु उपाय अपनाउनु पर्छ ।

यसले श्रीमान् श्रीमतीको सम्बन्ध पनि बलियो बनाउनुका साथै अनुहारको चमक पनि बढाउँछ । तपाई स्क्रबबाट अनुहारको हेरचाह गर्नसक्नुहुन्छ ।

यसका लागि १ कचौरा गुलाबको पातलाई पिसेर १ चम्चा बदाम वा नरिवलको तेल, चिनी र १ चिम्टी बेकिंग सोडा मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई ५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् र त्यसपछि पानीले अनुहार धुनुहोस् ।

आफ्नो जीवनसाथीसँग समय बिताएर कपाललाई नरम बनाउन एलोभेरा जेलमा २ चम्चामा आधा चम्चा बेसारको पाउडर मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई कपालमा आधा घण्टासम्म छोड्नुहोस्, त्यसपछि पखाल्नुहोस् । यो एक प्राकृतिक कन्डिसनर हो ।

महिलाहरूले आफ्नो कपालको लम्बाइ अनुसार घ्युकुमारीको जेल र बेसारको मात्रा बढाउन सक्छन् । जोडीहरूले एलोभेरा जेल र चुकन्दर पाउडरको साथै हेयर प्याक पनि बनाउन सक्छन् । यसका लागि २ चम्चा एलोभेरा जेलमा १ चम्चा चुकन्दरको पाउडर मिसाउन सकिन्छ । एलोभेरा जेलमा दहीको संयोजन कपालको लागि राम्रो मानिन्छ ।

सन ट्यान हटाउन वा छाला उज्यालो बनाउन कागती र सोडाको फेस प्याक प्रयोग गर्दा पनि यसले छालामा भएका दागहरु हटाउन सहयोग गर्छ । १ टेबल चम्चा बेकिंग सोडामा आवश्यकता अनुसार कागतीको रस हालेर अनुहारमा लगाउन सकिन्छ । लगाएको पाँच मिनेटपछि यसलाई पखाल्न सकिन्छ ।

हात खुट्टाको फोहोर भएमा नराम्रो देखिन्छ । जोडीको हात र खुट्टा स्क्रबिङका लागि काटेको कागतीमा बाक्लो चिनी हालेर स्क्रब गर्नुहोस् । पाँच मिनेटमा हात खुट्टा सफा गर्नुहोस यसले हात तथा खुट्टाका छालामा नरमपन दिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष