NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राजसंस्था र हिन्दूराज्य पुनर्स्थापना एजेण्डामा एमाले, कांग्रेस र माओवादी आउन बाध्य हुनेछन् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थासहितको हिन्दूराष्ट स्वीकार्न कांग्रेस, एमाले र माओवादी बाध्यहुने जिकिर गरेका छन् ।

काठमाडौंमा आइतबार भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले राप्रपाले अहिले उठाएको मुद्दा असम्भव भएपनि समय आएपछि सबै राजनीतिक दल एक ठाउँमा उभिन बाध्य हुने बताएका हुन् ।

‘कुनै समय तत्कालीन माओवादीले संविधानसभाको माग गर्दा कांग्रेसले र एमालेहरू गणतन्त्र र धर्मनिरपेक्षताको कुरा स्वीकार्न त परिजाहोस्, संघीयताको त नामसमेत उठेको थिएन । संविधानसभा माग गर्ने माओवादीलाई उनीहरूले आतंककारी घोषणा गरेका थिए’, उनले भने, ‘तर एउटा समय आएपछि एमाले–कांग्रेसले संविधानसभामात्र स्वीकारेन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताजस्ता माओवादीको एजेण्डा नै स्वीकार गर्यो । त्यसैले अहिले हाम्रो मुद्दा असम्भव जस्तो लागेपनि समय आएपछि कांग्रेस, एमाले र माओवादी हाम्रै एजेण्डा मान्न बाध्य हुनेछन् ।’

उनले राजनीतिम अंकगणि जस्तो दुइमा दुइ जोडेर चार नहुने तर्क गरे । राजनीतिमा दुइमा दुइ जोड्दा कहिलेकाहिँ १०४ पनि हुने र आफूहरू त्यहि परिणाम निकाल्ने बाटोमा लागेको बताए । कार्यक्रममा उनले राजनीति स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अविभागीय भूमिकामा राजसंस्था राख्नुपर्ने अडान दोहोर्याए ।