NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

महिला युरोकपको सेमिफाइनल समीकरण पूरा, फाइनलमा पुग्न को–को भिड्दैछन् ?

काठमाडौं । इंल्याण्डमा जारी महिला युरोपियन च्याम्पियनसिप (युरोकप)को क्वार्टरफाइनल सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले नेदरल्याण्ड्सलाई हराएसँगै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो ।

फ्रान्स पहिलो पटक महिला युरोकपको फाइनलमा

फ्रान्सको जितमा इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् । ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

यसअघि, आयोजक इंग्ल्याण्डसँगै स्विडेन र जर्मनी पनि सेमिफाइनलमा गरिसकेका थिए ।

इंग्ल्याण्डले स्पेनलाई २–१ गोल अन्तरले हराएको हो भने स्विडेनले बेल्जियमलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अब फाइनल प्रवेशका लागि जुलाई २६ मा आयोजक इंग्ल्याण्ड र स्विडेन भिड्नेछन् ।

यस्तै, अर्को सेमिफाइनल खेल जर्मनी र फ्रान्सबीच २७ जुलाईमा हुनेछ ।

फाइनल खेल भने ३१ जुलाईमा हुनेछ ।

 

 

महिला युरोकप फुटबल : स्विडेन सेमिफाइनलमा

महिला युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, सेमिफाइनलमा पुग्न को–को भिड्दैछन् ?