NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

शरीरमा यस्तो परिवर्तन देखिए हुनसक्छ ब्रेन ट्युमर

काठमाडौं । तपाईंको टाउको दुख्यो । औषधी खानुभयो, ठिक भएन । त्यसो हो भने, सर्तक हुनुहोस् । ब्रेन ट्युमरको लक्षण पनि हुनसक्छ । तर पनि सामान्य अवस्थामा पनि टाउको दुख्छ । टाउकाे दुख्ने कारण धेरै छन् । तर, कहिलेकाहीँ टाउको दुखाई ब्रेन ट्युमरको कारण हुनसक्छ । ब्रेन ट्यूमर भएमा टाउको बेस्सरी दुख्छ । र, समयमै उपचार नगरे यसकै कारण मानिसको ज्यान समेत जान सक्छ । समयमै उपचार गरे यो रोग पूर्णतया निको पार्न सकिन्छ ।

सामान्यतया, ब्रेन ट्यूमर मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थालेपछि हुन्छ । याे आणुवंशिक र विकिरण तथा हानीकारक रसायनको सम्पर्कमा आउनाले पनि हुनसक्छ ।

ब्रेन ट्यूमरले मस्तिष्क मात्र नभइ सम्पूर्ण शरीरको कार्यप्रणालीलाई नै प्रभावित पार्दछ । जसका कारण शरीरले राम्ररी काम गर्न सक्दैन । ब्रेन ट्युमर भएमा शरीरमा यस्ता परिवर्तन देखिन्छन् :

शुन्य हुनु

ब्रेन ट्यूमरका कारण व्यक्तिको अनुहार वा शरीरको विभिन्न भाग धेरै जसो समय शुन्य हुने गर्छ । अझ, ट्यूमर ब्रेन स्टेममा छ भने यो समस्या अझै धेरै हुने गर्छ । यो त्यही स्थान हो, जहाँ मस्तिष्क मेरुदड्डको हड्डीसँग जोडिएको हुन्छ । र, यो ठाउँमा ट्यूमर भएमा शरीर शून्य हुन्छ, र मानिसले प्यारालाइसिस भएजस्तो महसुस गर्न थाल्छ ।

लरखराउनु

ब्रेन ट्यूमर भएमा व्यक्तिलाई प्राय चक्कर आउने गर्छ । कयौ पटक चक्करकै कारण मानिस लड्न समेत सक्छ । खासगरी ट्यूमर सेरिबेलममा छ भने यसले शारीरिक सन्तुलनलाई समेत प्रभावित पार्न सक्छ । व्यक्तिलाई कोअर्डिनेश (समन्वय) गर्नमा समस्या हुन्छ । सेरिबेलममा ट्यूमर भएमा व्यक्ति प्रायः लडखडाउने गर्छ । यसकै कारण व्यक्तिलाई हिड्नमा समस्या हुनुका साथै दैनिक कार्य गर्न तथा खानमा पनि समस्या हुने गर्छ । यसबाहेक, यदी ट्यूमर मस्तिष्कको भेसल गेन्ग्िलयामा छ भने शरीरको पोजिशन पनि असामान्य हुन्छ ।

आँखामा समस्या

ट्यूमर मस्तिष्कको पछाडीको भाग वा पिट्यूटरी ग्रन्थीको आसपास भएमा यसको सिधा असर आँखामा पर्छ । यसकै कारण व्यक्तिको आँखा धमिलो हुन्छ वा एउटै वस्तु दुईवटा देखिन थाल्छ ।

सुन्नमा कठिनाई

जो मानिसको मस्तिष्कको ट्यूमर कपाल तन्त्रिकाको नजिक हुन्छ, त्यस्ता व्यक्तिको सुन्ने क्षमता लगभग गुमाउँछ । यसबाहेक, उनीहरुलाई शरीर नियन्त्रण गर्नमा समस्या हुनुका साथै अनुहारको मांसपेशी कमजोर हुने, खाना निल्नमा समस्या हुनथाल्छ ।

सोच्ने क्षमता प्रभावित हुनु

ब्रेन ट्यूमरले व्यक्तिको सोच्ने तथा सम्झने क्षमतालाई प्रभावित पार्न सक्छ । ब्रेनको कुनै भागमा ट्यूमर भएमा व्यक्तिलाई बोल्न र शब्द बुझ्न समेत समस्या हुनसक्छ । ब्रेन ट्यूमर मस्तिष्कको अघिल्लो भागमा छ भने यसले व्यक्तिको सोच र व्यक्तित्वलाई समेत विपरीत तरीकाले प्रभावित गर्छ ।

चिडचिडापन, स्वभाव परिवर्तन

ब्रेन ट्यूमरको प्रभाव शरीरिक र मानसिक स्वास्थ्यमा मात्र नभएर व्यक्तिको स्वभाव पनि पर्न सक्छ । विशेषगरी ,ब्रेन ट्यूमर फ्रन्टल लोबमा पुगेको छ भने व्यक्तिको स्वभावमा परिवर्तन आउन थाल्छ । किनकी यो अवस्थामा व्यक्तिले आफ्नो व्यवहारमा नियन्त्रण गर्न सक्दैन, जसका कारण व्यक्तिमा चिडचिडापन तथा उदासी बढ्न थाल्छ ।

टाउको बेस्सरी दुख्नु

ट्यूमर मस्तिष्कको जुनसुकै भागमा भए पनि यसले टाउकोमा दबाव बढाउने हुनाले व्यक्तिलाई बेस्सरी टाउको दुख्नुका साथै वाकवाकी लाग्छ । यसका साथै, अत्याधिक थकाई लाग्ने, शरीर सुस्त हुने, सुत्नमा समस्या हुने गर्छ । यसबाहेक यही दवावका कारण मानिस कोमामा जान सक्छ ।