NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कल सेन्टरबाट एक चिनियाँसहित ४१ जना पक्राउ

काठमाडौं । काठमाडौंको गैह्रीगाउँस्थित एक कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई चिनियाँ नागरिकले सञ्चालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिबाट पक्राउ गरेको हो ।

यसअघि प्रहरीले सातजना नेपाली महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेको जम्मा संख्या ४१ पुगेको प्रहरीले जनाएको छ ।

आइतबार पनि प्रहरीले बुटवलबाट कल सेन्टर चलाइरहेका सात सञ्चालकसहित १५० भन्दा बढी मानिस पक्राउ परेका थिए ।

ती कल सेन्टर पनि विदेशीले नै सञ्चालन गरको प्रहरीको दाबी छ ।

प्रहरीले छापा मार्दा अवरोध गर्ने ७ महिला पक्राउ