NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युरोप पठाउने ग्यास थप कटौती गर्ने रुसको घोषणा

काठमाडौं (एजेन्सी) । रुसले युरोपेली संघ (इयू) आबद्ध देशमा निर्यात गर्दै आएको ग्यास थप कटौती गर्ने भएको छ ।

रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले इयूअन्तर्गतका देशमा आपूर्ति हुँदै आएको ग्यास ठूलो मात्रामा कटौती गर्ने तयारी गरेको जनाएको छ ।

कटौतीको कारण ग्यास आपूर्ति हुँदै आइरहेको मुख्य पाइपलाइनको मर्मत भएको उसले बताएको छ ।

ग्याजप्रोमका अनुसार, नर्ड स्ट्रिम–१ पाइपलाइनको अर्को टर्बाइन बन्द हुनेछ । यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उसको भनाइ छ ।

नर्ड स्ट्रिम–१ पाइपलाइनबाट जर्मनीसम्म ग्यास पुर्‍याइँदै आएको छ ।

बिबिसीका अनुसार, २० प्रतिशतले ग्यासको आपूर्ति कम भएमा झण्डै आधा मात्र उपलब्ध हुनेछ ।

रुसले पाइप मर्मतको कारण देखाए पनि युरोपेली मुलुकले यसप्रति शंका व्यक्त गरेका छन् ।

जर्मन सरकारले ग्यास आपूर्ति कटौती गर्नुपर्ने कुनै कारण नरहेको जनाएको छ ।

बिबिसीका अनुसार, यो निर्णयले युरोपेली देशमा भण्डारणमा समस्या आउने छ ।

यसैबीच, रुसको ग्यास आपूर्ति कटौती गर्ने निर्णयपछि युरोपेली देशले यसको प्रयोग कम गर्न आह्वान गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष