NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पहिरोले घर पुरिँदा धादिङकाे नीलकण्ठमा एकजनाको मृत्यु

काठमाडौं । अबिरल वर्षापछि गएकाे पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिकामा एक जनाको ज्यान गएको छ । पहिरोले बेसारे बेंसीघरका भरत रानाको घर पुरिँदा उनका बुहारी शर्मिला रानाको मृत्यु भएको वडा नं. ४ का वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

पहिरोले पुरिएर वेपत्ता भएकी मृतक रानाको शव सुरक्षाकर्मीले निकालेका थिए । श्रेष्ठका अनुसार मृत्तकको पोष्टमार्टनका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ । राति सुतिरहेको अवस्थामा घरमाथि डाँडाबाट पहिरो खस्दा घर रानाको घर पुरिएको उनले बताए ।

‘रानाका छोराहरू विदेश छन् । घरमा साशुसशुरा र बुहारी मात्र बस्थे’, उनले भने, ‘सासुससुरा गोठमा सुतेकाले केही भएन ।’
मृत्तक राना स्थानीय स्कुलमा पढाउने शिक्षिकासमेत रहेको श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष