NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

छिटो भोक लाग्छ, हुन सक्छन् यस्ता समस्या

काठमाडौं । भोक लाग्नु स्वभाविक कुरा हो । मानिसले भोक, प्यास, निन्द्राको अवस्था थाहा नपाए उसलाई गम्भिर प्रकारको रोग लागेको संकेत गरिन्छ । तर छिटो छिटो भोक लाग्छ भने त्यसबाट सर्तक हुन जरुरी छ ।

तपाइँमा केही समस्या वा बिरामी पनि भएको हुनसक्छ । जब खाना खाएको केही समयमै भोक लाग्छ र त्यहि समय खाना खाएन भने टाउको दुख्ने तथा रिस उठने गर्छ भने तपाईलाई स्वास्थ्यसम्बन्धि समस्या हुन सक्छ । शरीरमा प्रोटिनको कमीले पनि यस्ता समस्या देखिने गर्छन् । शरीरमा प्रोटिन अत्यावश्यक हुन्छ । यसमा भोक कम गर्ने तत्व हुन्छ ।

माछा, मासु, अन्डा, सोयाबीन, दुधजन्य पदार्थ तथा ड्राई फ्रुटमा प्रोटिन पाइने गरिन्छ । त्यस्तै यस्तो समस्याको अर्को कारण धेरै मात्रामा बेकरी प्रोडक्ट खानु हो । यस्तो प्रोडक्टमा फाइबर, भिटामिन तथा मिनरल्सको कमी हुन्छ । मैदाबाट बनेका खानेकुरा खाँदा पेट लामो समयसम्म फुल्छ ।

यदि तपाइँ डाइटमा फ्याट भएको खाना खानुहुन्न भने यसले तपाइलाई छिटो छिटो भोक जगाइदिन्छ । कम फाइबरयुक्त खानाले पनि भोक चाडो लाग्ने गर्छ । फाइबरयुक्त खानाले भोकलाई नियन्त्रण गर्छ । यो विस्तारै पाचन हुन्छ । यस्तोमा तपाइँले ओट्स, फ्लेक्स सिड तथा नट्सहरु आफ्नो खानामा सामेल गर्न सक्नुहुन्छ ।

धेरै कसरत गर्दा नि यस्तो समस्या आउँछ । कसरत गर्ने मानिसले क्यालोरी भएका खानेकुरामा ध्यान दिनु जरुरी हुन्छ । त्यस्तै प्रयाप्त निन्द्रा नपुग्दा यस्तो हुन्छ । निन्द्रा पुरा नहुँदा हर्मोन बढछ । जसले भोक जगाउँछ । राम्रो स्वास्थ्यका लागि ७ देखि ८ घण्टा सुत्न जरुरी छ ।
यस्तो समस्या पानी कम पिउनाले पनि हुने गर्छ ।

पानीले मतिष्कदेखि पाचन प्रणालीसमेत राम्रो राख्छ । अनुसन्धानका अनुसार धेरै मात्रामा रक्सी पिउने मानिसको भोकलाई कम गर्न हर्मोनमा असर पर्छ । खाना खानुभन्दा पहिले रक्सी पिउँदा भोक छिटै लाग्छ । जो मानिस रक्सी पिउँछ उसले अन्य मानिस भन्दा ३० प्रतिशत धेरै क्यालोरी सेवन गरेको हुन्छ ।