NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जापान जाँदै प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । उनी साउन २१ गते जापान जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

साउन २२ मा हुने नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् । उनका अन्य कार्यक्रम सार्वजनिक हुन बाँकी छ ।

प्रचण्ड साउन २५ मा नेपाल फर्कने कार्यक्रम छ ।