NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

स्थानीय तह निर्वाचनमा ५ अर्ब खर्च, ३ अर्ब सरकारलाई फिर्ता

काठमाडौंं । स्थानीय तह निर्वाचनमा पाँच अर्ब भन्दा बढी रकम खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आज खर्च सम्बन्धी विवरण सार्वजनिक गर्दै आयोगले यस्तो जानकारी गराएको हो ।

सरकारबाट आयोगबाट ८ अर्ब ११ करोड रुपैयाँ प्राप्त भएको थियो , त्यसमध्ये पाँच अर्ब ४ करोड ३ लाख ९२ हजर ८ सय ७० रुपैयाँ खर्च भएको छ भने बाँकी रकम आयोगले सरकारलाई फिर्ता गरेको प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।

बाँकी रहेको तीन अर्ब ६ लाख ८६ हजार १ सय २४ रुपैयाँ आयोगले सरकारलाई फिर्ता गरेको हो ।

कुल खर्चमध्ये आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १ सय २९ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका ७५३ वटा पालिकामा रहेका कार्यालयबाट तीन अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको छ ।

प्रवक्ता पौडेलका अनुसार जिल्ला निर्वाचन कार्यालयहरुबाट ४१ करोड ३३ लाख ७ हजार १२० रुपैयाँ खर्च भएको छ । त्यस्तै मतपेटिका ढुवानीका लागि गृह मन्त्रालयबाट ढुवानीमा ४ करोड ५० लाख खर्च भएका छ ।

मिडिया अनुगमनलगायत शिक्षा सामाग्री प्रचाप्रसारका लागि एक करोड ४५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।