NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘एसिड हान्दिन्छु’ भन्दै प्रांक भिडियो बनाउने युट्युबर पक्राउ

काठमाडौं । एसिड हान्दिन्छु भन्दै प्रांक गर्ने युट्युबर पक्राउ परेका छन् ।

युट्युबर पूर्णचन्द्र भुसाल ‘प्रदीप’लाई प्रहरीले मंगलबार नवलपरासीबाट पक्राउ गरेको हो ।

उनले ‘पैसा, मोबाइल, गरगहना दिनुस् नत्र एसिड हन्दिन्छु’ भनेर एकजना महिलालाई प्रांक गरेको भिडियो हालै बाहिरिएको थियो ।