NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शानदार जितसहित इंग्ल्याण्ड युरोकपको फाइनलमा

काठमाडौं । इंग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।

इंग्ल्यान्डले अब जर्मनी र फ्रान्सबीचको विजेतासँग उपाधिको लागि खेल्नेछ । महिला युरोकपको फाइनल इंग्ल्यान्डकै बेम्बलीमा हुनेछ ।
इंग्ल्यान्ड यस अघि सेमिफाइनलभन्दा अगाडि पुग्न सकेको थिएन । शा

इंग्ल्यान्डका लागि चार गोल फरकफरक खेलाडीले गरे । बेथ मेड, लुसी ब्रोन्ज, एलेसा रुसो र फ्रान किरबाइले गोल गरेका हुन् ।