NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । भारतमा क्यान्सरको उपचार गराएर आएका गिरिलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

गिरिको भारतको दिल्ली र बम्बइ शहरमा क्यान्सरको उपचार भएको थियो । उनलाई निमाेनियासँगकाे संक्रमण पनि देखिएकाे छ ।  रोगसंग प्रतिरोधगर्ने शक्ति घट्न नदिन उनलाई फर्किएलगत्तै  मेडिसिटी अस्पतालमा भर्ना गरिएको पत्रकार किशोर नेपालले जनाएका छन् ।

नेपालका अनुसार गिरिको स्वास्थ्यमा सुधार आउँदैछ । स्वास्थ्यमा समस्या देखिएपछि गिरिले लामो समयदेखि भारतमा उपचार गराउँदै आएका थिए ।