NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

टाटा नेक्सन इभीको पहिलो वर्ष पुरा, यस्ता छन् विशेषता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष पूरा गरेको छ । यो ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता ‘टाटा मोटर्स’द्वारा गरिएको हो ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको  कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त सफलताका कारण आकर्षक वनावट, समुन्नत ‘जिपट्रन’ प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता, आदि हुन् । यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । “फास्ट चार्जिङ्ग“ र ‘स्लो चार्जिङ्ग’ दुवैको लागि चर्जिङ्ग स्टेसनको बृहत सञ्जाल एवं अत्याधुनिक सुविधासम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनीले बताएको छ ।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप – ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारले गरिरहेका छन् । दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ ।

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको कम्पनीले उल्लेख गरेको छ ।

नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै छ । यस्ता कार्यक्रमहरुले यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ ।