NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अर्थमन्त्री प्रकरण : छानबिन समितिभित्रै मत बाझियो, कहिले आउला प्रतिवेदन बाहिर ?

काठमाडौं । गत जेठ १४ गते बजेट निर्माण गर्ने क्रममा अनाधिकृत व्यक्तिहरूलाई प्रवेश दिएको विषयलाई लिएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि यतिबेला छानबिन भइरहेको छ ।

छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको थियो । त्यसले सिसिटिभी फुटेज रिकोभर गरेर छानबिन गरेको थियो ।

विधि विज्ञान प्रयोगशालाले रिकभर गरेर पठाएको उक्त सिसिटिभीमा पनि स्पष्ट नभएपछि समितिलाई निस्कर्षमा पुग्न समस्या परेको छ ।

अर्कोतिर समितिभित्र सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच कित्ताकाट देखिएको समितिका एक सदस्यले बताए ।

सत्तारुढ सांसदहरू तत्कालीन अर्थमन्त्री शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै उनलाई क्लिन चिट दिनुपर्ने माग गरिहेका छन् ।

अर्कोतिर प्रतिपक्षी एमालेका सांसदहरू भने सिसिटिभी फुटेज रिभकर भए पनि यसमा सबै फुटेज समावेश रहेकोमा आशंका व्यक्त गरिरहेका छन् ।

तत्कालीन अर्थमन्त्री शर्माले विवाद आउनासाथ सिसिटिभी फुटेज सार्वजनिक गरेका थिएनन् । यसप्रति शंका गर्दै एमाले सांसदहरूले उनलाई दोषी देखिएका छन् ।

यद्यपि, मतभेदका बीच निष्पक्षरुपमा शुक्रबार छानबिन समितिको प्रतिवेदान सार्वजनिक गर्ने एक सदस्यले बताए ।

सिसिटिभी फुटेजबाट निष्कर्षमा पुग्न सकेन छानबिन समिति, अब प्रतिवेदन लेखिने