NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमेरिकामा फेरि ब्याजदर बढ्यो, मुद्रास्फीति ४० वर्षकै उच्च

काठमाडौं (एजेन्सी) । बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले पुनः एकपटक ब्याजदरमा भारी वृद्धि गर्ने घोषणा गरेको छ ।

बैंकले लगातार दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो ।

संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २.२५ बाट २.५ प्रतिशतमा पुर्‍याइएको बताइएको छ ।

बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ ।

तर यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजान्छ कि भन्ने डर बढ्दै गएको छ ।

धेरैले यस हप्ताको आधिकारिक तथ्याङ्कले लगातार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र कमजोर भएको देखाउने अपेक्षा गरेका छन्।

पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको स्वीकार गरे । तर मुद्रास्फीतिलाई नियन्त्रण गर्न बैंकले जोखिमका बाबजुद आगामी महिनाहरूमा ब्याजदर बढाउने बताए।

अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ ।