NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते
नग्न तस्बिर प्रकरण

रणवीरलाई हुनसक्छ सात वर्षसम्म जेल सजाय

काठमाडौं । कपडाका कारण चर्चामा रहेका बलिउड अभिनेता रणवीर सिंह अहिले कपडाबिनाको तस्बिर सेयर गरेर चर्चामा छन् । यही बेला सिंहमाथि अश्लीलता फैलाएको अभियोगमा मुद्दा दायर भएको छ ।

एकभन्दा बढी हिट फिल्ममा काम गरिसकेका रणवीरले हालै सामाजिक सञ्जालमार्फत आफ्ना केही नग्न तस्बिर सार्वजनिक गरेका थिए जुन अमेरिकी म्यागजिन ‘पेपर’ का लागि लिइएको थियो ।

भाइरल तस्बिरबारे विभिन्न क्रिया–प्रतिक्रिया उत्पन्न भइरहेका बेला दुई व्यक्तिले अश्लीलता फैलाएको आरोपमा मुम्बईको चेम्बुरमा रणवीरविरुद्ध उजुरी दर्ता गरेका छन् । जसमध्ये एक महिला र अर्का एनजीओमा आबद्ध छन् ।

उजुरीमा उनीहरूले भारतीय दण्ड संहिता (आइपिसीको धारा २९२, २९३ र ५०९ तथा विद्युतीय कारोबार ऐन ६७ (ए) अनुसार कारबाही गर्न माग गरेका छन् ।

रणवीरमाथि लगाइएको आईपीसीको धारा २९३ अन्तर्गत २० वर्षभन्दा कम उमेरका पुरुष तथा युवतीहरूलाई अश्लील सामग्री बेच्ने वा फैलाउनेलाई ३ वर्षदेखि ७ वर्षसम्मको सजायको व्यवस्था छ।

आईपीसीको धारा २९४ अन्तर्गत सार्वजनिक स्थानहरूमा अश्लील कार्य गर्नेहरूलाई सजायको प्रावधान छ। तर, रणवीरविरुद्ध दर्ता एफआईआरमा यो धारा उल्लेख गरिएको छैन।

धारा ५०९ अन्तर्गत, रणवीरविरुद्ध दायर गरिएको अन्य दुई खण्डहरूमध्ये एक महिलाको मर्यादालाई अपमान गर्ने उद्देश्यले गरिएको कुनै पनि कार्य, शब्द वा इशाराहरूसँग सम्बन्धित छ । यस्ता घटनामा दोषी प्रमाणित भए तीन वर्षसम्म कैद र जरिवाना हुनसक्छ ।

त्यस्तै, विद्युतीय माध्यमबाट सामाजिक सञ्जाललगायतका माध्यमबाट अश्लील सामग्री प्रकाशन तथा प्रसारण गरेमा सूचना प्रविधि ऐनको दफा ६७ (क) बमोजिम अधिकतम ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ । दोहोरिने कसुरमा ७ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ । यहाँ यो जान्न महत्त्वपूर्ण छ कि यो गैर जमानती खण्ड हो।

त्यसोभए रणवीर सिंह गैर जमानती धाराको बाबजुद किन पक्राउ परेनन् ?

यस प्रश्नमा सर्वोच्च अदालतका वकिल तथा साइबर कानून विज्ञ विराग गुप्ता भन्छन्, ‘फआइआरमा गैर जमानतीअन्तर्गत मुद्दा दर्ता भएको भए पनि अभियुक्तलाई पक्राउ गर्न आवश्यक छैन । सर्वोच्च अदालतले अभियुक्तले अनुसन्धानमा सहयोग नगरे प्रमाणमा छेडछाड हुने सम्भावना छ । हिरासतमा राखेर सोधपुछ आवश्यक परेमा मात्र प्रहरीले पक्राउ गर्नुपर्छ ।

उजुरीकर्ताका वकिल अखिलेश चौबेका अनुसार रणवीरको नग्न तस्बिर जुम गर्दा उनको ‘प्राइभेट पार्टस्’ देखिन्छ । यसले महिलाको भावना र मर्यादामा चोट पुगेको उनको भनाइ छ ।

रणवीर सिंहको पोस्टलाई इन्स्टाग्राममा करिब २५ लाखले लाइक गरेका छन् तर यसले केहीलाई असहज पनि बनाएको छ । रणवीरविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा २९२, २९३ र ५०९ र विद्युतीय कारोबार कानूनको धारा ६७(ए) अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

बलिउड स्टारहरूमा यस्ता घटना नयाँ होइनन्। मोडलिङ जगतबाट आएका मिलिन्द सोमन र पूनम पाण्डेजस्ता कलाकारले पनि यस्ता घटनाको सामना गरेका छन् ।

नग्न फोटोग्राफीलाई कसैले कला मान्ने गरे पनि कतिपयले अश्लील मान्दछन्। त्यसैले बेलाबेला यो विषय बहसमा तानिने गरेको छ ।

बीबीसी हिन्दीसँग कुरा गर्दै उजुरीकर्ताका वकिलले रणवीरको तस्बिर ४० देखि ४५ वर्षका मानिसहरूका लागि अश्लील नभए पनि २० वर्षका युवा पुरुष र युवतीहरूका लागि अश्लील हुनसक्ने तर्क गरे।

भारतमा अश्लिलता कानूनी दृष्टिकोणले अपराध हो र त्यसको लागि सजायको व्यवस्था छ।

आइपिसीको धारा २९२, २९३ र २९४ अश्लीलतासँग सम्बन्धित छ तर यो स्पष्ट गरिएको छैन कि अश्लीलता के हो।

सर्वोच्च अदालतका अधिवक्ता राहुल शर्माका अनुसार धारा २९२ ले कुनै रचना वा सामग्रीलाई अश्लील भन्न सकिने व्यवस्था गरेको छ ।

यसबमोजिम कसैले नैतिक अप्ठ्यारो वा अरूलाई असुविधा हुने गरी कुनै अभद्र सामग्री, पुस्तक वा अन्य आपत्तिजनक सामग्री बिक्री वा वितरण गरेमा निजलाई दुई वर्षसम्म कैद र जरिवाना हुने गरी सजाय हुनेछ । दुई हजार रुपैयाँसम्म जरिवाना पनि हुनसक्छ। यस्तो मुद्दामा दोस्रोपटक दोषी पाइएकाे अवस्थामा भने ५ वर्षसम्मको सजाय हुनसक्क्ने प्रावधान छ ।

(बिबिसी हिन्दीकाे सहयाेगमा)

 

ताजा अपडेट

नेपालवाच विशेष