NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
महिला युरोकप

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा, उपाधिका लागि इंग्ल्याण्डसँग भिड्ने

काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै जर्मनी उपाधिनजिक पुगेको हो ।

जर्मनीलाई फाइनलमा पुर्याउन एलेक्सान्ड्रा पोप्प नायक बनिन् ।

पोप्पले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएकी थिइन् ।

तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गर्न पुगिन् । यसले गर्दा खेल १–१ गोलको बराबरीमा आयो ।

त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले नै व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाइन् ।

अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्याण्डको सामना गर्नेछ ।

स्विडेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्ड र जर्मनीबीचको फाइनल खेल जुलाई ३१ मा हुनेछ ।

शानदार जितसहित इंग्ल्याण्ड युरोकपको फाइनलमा

ताजा अपडेट

नेपालवाच विशेष