NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अमेरिकी सहायकमन्त्री दिल्लीहुँदै काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् ।

दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

उनी भारतको राजधानी नयाँ दिल्लीहुँदै काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहायकमन्त्री लूले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम छ ।

उनको भ्रमण नियमित रहेको अमेरिकी दूतावासले जनाएको छ ।