NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
अर्थमन्त्री प्रकरण

संसदीय विशेष समितिको प्रतिवेदन तयार, सार्वजनिक कहिले ?

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार भएको छ । समितिका सदस्यरू बिहीबार दिनभरी नै सिंहदरबारमा लेख्न जुटेपछि प्रतिवेदन तयार भएको हो ।

समितिका एक सदस्यले प्रतिवेदन तयार भएको जानकारी दिए पनि त्यसको निष्कर्षबारे बताउन चाहेनन् । प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी भएको ती सदस्यले बताए । सभामुखलाई बुझाएपछि त्यो प्रतिवेदन सार्वजनिक गरिने छ ।

गत जेठ १४ गते बजेट निर्माण गर्ने क्रममा अनाधिकृत व्यक्तिहरूलाई प्रवेश दिएको विषयलाई लिएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन भएको हो ।

छानबिनका लागि गठित समितिले यसअघि मेटिएको भनिएको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकोभर गरेर छानबिन गरेको थियो ।

विधि विज्ञान प्रयोगशालाले रिकभर गरेर पठाएको उक्त सिसिटिभीमा स्पष्ट नभएपछि समितिलाई निस्कर्षमा पुग्न समस्या परेको थियो ।

अर्कोतिर समितिभित्र सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच कित्ताकाट देखिएको थियो ।

सत्तारुढ सांसदहरू तत्कालीन अर्थमन्त्री शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै उनलाई क्लिन चिट दिनुपर्ने माग गरेका थिए ।

अर्कोतिर प्रतिपक्षी एमालेका सांसदहरू भने सिसिटिभी फुटेज रिभकर भए पनि यसमा सबै फुटेज समावेश रहेकोमा आशंका व्यक्त गरेका थिए ।

तत्कालीन अर्थमन्त्री शर्माले विवाद आउनासाथ सिसिटिभी फुटेज सार्वजनिक गरेका थिएनन् । यसप्रति शंका गर्दै एमाले सांसदहरूले उनलाई दोषी देखाएका थिए ।

यद्यपि, मतभेदका बीच निष्पक्षरुपमा शुक्रबार छानबिन समितिको प्रतिवेदान सार्वजनिक गर्ने ती सदस्यले बताए ।

अर्थमन्त्री प्रकरण : छानबिन समितिभित्रै मत बाझियो, कहिले आउला प्रतिवेदन बाहिर ?