NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उड्नेबित्तिकै यतीको जहाजको इन्जिनमा समस्या देखिएपछि पोखरा फर्काइयो

काठमाडौं । आज विहान पोखराबाट काठमाडौंका लागि ‘टेक अफ’ गरेको यती एयरलाइन्सको एटिआर ७२ जहाजको इन्जिनमा खराबी देखिएपछि पोखरा फर्काइएको छ ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएको थियो । ‘जहाजको इन्डिकेटरले बायाँ इन्जिनले रेड लाइट देखायो,’ उनले भने, ‘थप जोखिम नमोल्ने भनेर जहाजलाई पोखरा नै फर्काइएको हो ।’

विहान ८ बजे पोखराबाट उडेको जहाजमा ४५ जना यात्रु सवार थिए । हाल जहाज इन्जिनियरहरूको निगरानीमा रहेको उनले बताए ।