NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

थप ५७७ जनामा काेरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ भने मृत्यु हुनेको दर पनि बढिरहेको छ । गत २४ घण्टामा थप ५७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८२ जनामा काेरोना परीक्षण गर्दा पिसीआरमा ३९१ एन्टीजेनमा १८६ जनामा संक्रमण देखिएको हो । बिहीबार संक्रमितको संख्या ७१० रहेको थियो ।

त्यस्तै, शुक्रबार कोरोनाका कारण थप २ जनाको ज्यान गएको छ । बिहीबार पनि २ जना संक्रमितको मृत्यु भएको थियाे । यो साता १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९६४ पुगेको छ । गएको २४ घण्टाको अवधिमा २६९ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ भने गत २४ घण्टामा देशभर ४ हजार ३५६ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएको छ ।

No photo description available.