NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

अमेरिकी सहायक विदेशमन्त्रीले भेटे प्रधानमन्त्री

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज अपरान्ह बालुवाटार गएर उनले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

सहायक विदेशमन्त्री लूसँगको भेटबारे प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धबारे विचार आदानप्रादन भएको बताएका छन् ।

‘निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि अमेरिकालाई धन्यवाद दिन चाहन्छु,’ उनले ट्विटरमा लेखेका छन् ।

लूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि केही घण्टाअघि भेटवार्ता गरेका थिए ।

नेपालले अमेरिकी राज्य साझेदारी एसपिपी फिर्ता बोलाउने निर्णय गरेपछि भएको सहायक विदेशमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता