NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाइडेन र सीले गरे साढे दुई घण्टा कुराकानी

एजेन्सी । अमेरिका जो बाइडेन र चीनका राष्ट्रपति सी जिङ पिङबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ ।

बइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनीहरूका बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो कुराकानी भएको छ ।

बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा उनकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गरेका थिए । तर बाइडेन राष्ट्रपति भएपछि भने दुई नेताको भेट भएको छैन । पछिल्लो कुराकानीमा उनीहरूका बीचमा चाँडै नै भौतिकरुपमै भेटवार्ता गर्ने सहमतिसमेत भएको छ ।

Biden's call with Xi Jinping will focus on areas of U.S.-China cooperation, not just tension

साथै अहिलेको भिडियो कुराकानी विशेष गरेर ताइवान मामिलामा केन्द्रित भएको र एकअर्काप्रति कतिपय असहमति प्रकट गरेको जनाइएको छ ।

अमेरिककाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको चर्चा चलेपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ ।

अमेरिकाले ताइवानलाई महत्व दिएर गलत भूमिका खेल्न खोजेको चिनियाँ अधिकारीहरूको भनाइ छ । सभामुख पलोसीले ताइवानको भ्रमण गरेमा राम्रो नहुने चेतावनी चीनले अमेरिकालाई दिँदै आएको छ । तर अमेरिकाको विदेश मन्त्रालयले भने पलोसीले ताइवानको भ्रमण गर्ने कुनै योजना नबनाएको दाबी गरेको छ ।

अमेरिकामा तेस्रो पार्टी जन्मियो