NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

शाओमीको रेड्मी १० ए स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको बताए ।

उनले भने, ‘ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १० ए बजारमा ल्याएका छौँ ।’

रेड्मी १० एको ठूलो ६.५३ एचडि प्लस डिस्प्लेले भिडियो हेर्न राम्रो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएका ३ डिकर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नुका साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउने कम्पनीले उल्लेख गरेको छ । यसमा १२ एमपिको मेन क्यामेरा र २ एमपिको देप्थ क्यामेरा सेन्सर रहेको छ ।

रेड्मी १० ए मा पावर अपको लागि मिडिया टेक हिलियो जी २५ प्रोसेसर जडित छ जुन २।० जीएचजेट सम्मको क्षमता रहेको अक्टा–कोर सिपियु हो । यसमा लामो समयसम्म चल्ने ५ हजार मेगा ब्याट्री जडित छ । यो स्मार्टफोन १० वाटको चार्जिङ अडाप्टरको साथ उपलब्ध भएको कम्पनीले बताएको छ ।

रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्द छ । यो फोन २ स्टोरेज भेरियन्टमा आउँछ, जसको मूल्य १३ हजार ९९९ र १५ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।