NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् रणवीरका लगानी उठाउन नसकेका फ्लप फिल्म

एजेन्सी । भारतीय अभिनेता रणबीर कपूर अभिनित फिल्म ‘शमशेरा’ बक्स अफिसमा नराम्ररी फ्लप भएको छ । चार वर्ष पछि पर्दामा फर्किएका रण्मबीरको यस फिल्मबाट धेरै आशा गरिएको थियो । तर, रिलिज भएको चौथो दिनमा फिल्मले जम्मा ३४ करोडको व्यापार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्मको लाइफटाइम कलेक्सन नै ५० करोडको आसपास हुने अनुमान लगाइएको छ । रणबीरले गरेको अभिनयको यतिबेला चौतर्फी तारिफ भइरहेको छ तर कमजोर कहानी र निर्देशनका कारण दर्शकलाई फिल्ममा बाध्न नसक्दा सफल हुन नसकिएको दाबी बलिउड पण्डितहरूले गरेका छन् ।

यतिबेला रणबीर अर्को फिल्म ‘ब्रह्मास्त्र’ को प्रदर्शनको प्रतिक्षामा छन् । उक्त फिल्म पाँच सय करोड बजेटमा निर्माण भएको हो । रणबीर अभिनित लगानी उठाउन नसक्ने फिल्म शमशेरामात्रै होइन । यी हुन् उनका अन्य फिल्मका सूची जुन बक्स अफिसमा नराम्ररी असफल भए ।

सावरिया : उनी अभिनित पहिलो फिल्म हो सावरिया । पहिलो डेब्यूमै रणबीरले नमज्जाको हार व्यहोरेका थिए । ४० करोड बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा ३९.२ करोडको व्यापार गरेको थियो । फिल्मलाई सञ्जय लीला भन्सालीले निर्देशन गरेका थिए ।

बेशरम : सन् २०१३ मा प्रदर्शनमा आएको फिल्म बेशरम रणबीरसँगै उनका आमाबुबाद्वय नीतू कपूर र ऋषी कपूरले पनि अभिनय गरेका छन् । ८३ करोड बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा ७७ करोडको व्यापार गर्न सफल भयो । अभिनव कश्यपद्वारा निर्देशित यस फिल्ममा रणबी पहिलो पटक आफ्ना आमाबाबुसँग देखिएका थिए।

तमाशा : रणबीर अभिनित अर्को फ्लप फिल्म हो तमाशा । सन् २०१५ मा रिलिज भएको यस फिल्ममा उनी र अभिनत्री दीपिका पादुकोण मुख्य भूमिकामा छन् । इम्तियाज अलीले निर्देशन गरेको यो फिल्मलाई लिएर रिलिज अगावै ठूलै प्रचार भएपनि फिल्म चल्न सकेन । ८७ करोड बजेमा बनेको यो फिल्मले करिब ७० करोडको व्यापार गरेको थियो ।

रोय : सन् २०१५ मा रिलिज भएको फिल्म रोयमा रणबीरसँगै अभिनेता अर्जुन राम्पाल र अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि मुख्य भूमिकामा छन् । फिल्मले पनि बक्स अफिसमा राम्रो भूमिका निर्वाह गर्न सकेन । ५० करोड लागतमा बनेको यस फिल्मको कुल व्यापार लगभग ४७ करोड थियो ।

बम्बे भेल्भेट : अनुराग कश्यपद्वारा निर्देशित फिल्म ‘बम्बे भेल्भेट’ बक्स अफिसमा नराम्ररी पछारिएको फिल्ममध्येमा पर्छ । फिल्ममा रणबीर फरक भूमिकामा देखिएपनि हिट भने भएन। १२० करोडमा बनेको फिल्मको व्यापार ३२ करोडमै सिमित भएको थियो ।

जग्गा जासुस : रणबीर र अभिनेत्री कट्रिना कैफ अभिनित फिल्म ‘जग्गा जासुस’ले पनि खासै राम्रो व्यापार गर्न सकेन । फिल्मको कुल बजेट १३१ हुँदा जम्मा ५४ करोडको व्यापार गरेको थियो । फिल्मलाई अनुराग बासु र राण्बीर दुवैले मिलेर निर्देशन गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष