NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

खेल मिलेमतो प्रकरणमा मुछिएका सन्दीप खेलकुद बोर्डको सदस्य नियुक्त

काठमाडौं । खेल मिलेमतो (म्याच फिक्सिङ) प्रकरणमा मुछिएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

उनी प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्यमा नियुक्त भएका हुन् ।

सन्दीपसँगै मोरङका पूर्वफुटबलर प्रदीपकुमार भगतलाई समेत सदस्य नियुक्त गरिएको छ ।

उनीहरूलाइए बोर्डका अध्यक्ष सामाजिक विकासमन्त्री राजन राईले सदस्यमा नियुक्त गरेका हुन् ।

सन्दीप खेल मिलेमतोको आरोपमा फुटबलमा आजीवन प्रतिबन्धमा छन् ।

एसियाली फुटबल महासंघ (एएफसी)ले सन्दीपसँगै पूर्वकप्तान सागर थापा, गोलरक्षक रितेश थापा, पूर्वरक्षक विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई प्रतिबन्ध गरेको थियो ।