NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

न्युजिल्याण्डका ३२ अधिकारी रुसको कालोसूचीमा

काठमाडौं (एजेन्सी) । रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालोसूचीमा राखेको छ।

न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रियास्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप–लिस्टमा थपेको जनाइएको छ ।

नयाँ प्रतिबन्धित अधिकारिहरूमा नगरपालिकाका प्रमुखहरू, कानून प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू छन् ।

रुसी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको छ।’

मन्त्रालयका अनुसार प्रतिबन्धको सूची बढ्दै जान सक्नेछ।