NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

खोटाङको मात्तिमबिर्ता केन्द्रबन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडाैं । जिल्लाको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

भूकम्पको धक्का आसपासका जिल्लासँगै काठमाडौंसम्म महसुस भएको थियो ।