NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

रियलमीको एन्ट्री लेभल स्मार्टफोन रियलमी सि३१ नेपालमा

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि३१ सार्वजनिक गरेको छ । कम्पनीले गत बुधवार ११ गते उक्त स्मार्टफोन सार्वजनिक गरेको थियो ।

लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्छ । त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर UNISOC T612 प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ । १७ हजार ७९९ रुपैयाँको आकर्षक मुल्यमा ४ जिबि -याम र ६४ जिबि रोम सहित उपलब्ध यो फोन यो मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको कम्पनीेले दाबी गरिएको छ ।

रियलमीका कन्ट्री मुनिश गिरीले भने, ‘यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी ऋघज्ञ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ ।’

उनले थपे, ‘हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटि चेक पछि मात्र बजारमा जान्छन् । हाम्रा सम्पूर्ण उपभोक्ताहरुको लागि अभुतपुर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नको लागि हामी हाम्रो ‘डेयर टु लिप’ अवधारणामा प्रतिबद्ध छौँ ।’